अष्ट्रेलियाविरुद्ध नेपाली टोलीमा ५ परिवर्तन

  • प्रकाशित मिति : २०७८ जेष्ठ २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। अष्ट्रेलियाविरुद्ध शुक्रबार हुने विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा ५ परिवर्तन गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा दुई सहित कुल ५ खेलाडी परिवर्तन गरेका हुन् । विशाल राई र एरिक विष्ट मिडफिल्डमा आउँदा डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठ र सुनिल बल टोलीमा छन् । पछिल्लो खेलबाट अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन् । विकास खवास चोटका कारण बेन्चमा पनि रहेका छैनन् ।



गोलरक्षकमा कप्तान किरण चेम्जोङ तथा सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले नै निरन्तरता पाएका छन् । अघिल्लो खेलमा विकास घाइते भएपछि डिफेन्समा झरेका सुमनले आज सोहि पोजिसनमा रहेर सुरुवात गर्नेछन् । दीनेश राजवंशीको स्थानमा गौतम श्रेष्ठले राइट ब्याक सम्हाल्नेछन् ।

मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र विशाल राईले साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट बेन्चमा रहेका छन् । नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको साथ पाउनेछन् ।