लुकाकुको दुई गोलमा रुसविरुद्ध बेल्जियमलाई सफलता

  • प्रकाशित मिति : २०७८ जेष्ठ ३०, आईतवार
  • नेपाल टेल संवाददाता

एजेन्सी। युरोकप फुटबलमा बेल्जियमले उत्कृष्ट सुरुआत गरेको छ । बेल्जियमले रुसलाई ३–० ले हराएको हो ।

सेन्ट पिटर्सवर्गस्थित गाजप्रोम रंगशालामा घरेलु टोलीविरुद्ध जित दिलाउने क्रममा रोमेलु लुकाकुले बेल्जियमका लागि दुई गोल गरे ।



उनले खेलको १० औं मिनेटमै बेल्जियमलाई अग्रता दिलाए । ३४ मिनेटमा थोमस मुनियरले अग्रता दोब्बर पारे भने लुकाकुले ८८ औं मिनेटमा अर्को गोल गर्दै ३–० को जित दिलाए ।

प्रतियोगिताअन्तर्गत आगामी खेलमा अब रुसले फिनल्यान्ड र बेल्जियमले डेनमार्ककको सामना गर्नेछन् ।