एजेन्सी। कोपा अमेरिका फुटबल अन्र्तगत आज बिहान भएको खेलमा अर्जेन्टिना र चिलीले अंक बा्ँडेका छन् । १ १ गोलको बराबरीमा खेल सकिएपछि अंक बाँ८ेका हुन् ।
सुरुमा गोल गरेपनि अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिनु पर्याे । कप्तान लियोनल मेस्सीले खेलको ३३ औं मिनेटमा फ्रि किकको सदुपयोग गर्दै अर्जेन्टिनालाई अग्रता दिएका थिए ।
हाफपछिको समय अर्थात खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले चिलीलाई बराबरीमा ल्याउन गोल गर्न सफल भए ।
त्यस पछि दुवै टिमले कुनैपनि गोल जोड्न सकेनन् । बारबरी भएपछि समूहएमा रहेका यी टिमहरुले १ १ अंक बाँड्नु परेको हो । अर्जेन्टिना समूह अंक तलिकामा पहिलो स्थनमा छ । चिली दोश्रो स्थानमा रहेको छ ।