युरोकपमा आज दुई खेल हुँदै

  • प्रकाशित मिति : २०७८ असार १, मंगलवार
  • नेपाल टेल संवाददाता

एजेन्सी। युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछ ।

युरोकपमा आज समूह ‘एफ’ को दुई खेलहरु संचालन हुँदैछ । पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।



पुस्कास एरिनामा मैदान उत्रदा पोर्चुगल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, घरेलु टिम हंगेरीलाई हराउँन पोर्चुगललाई सहज भने हुने छैन । मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा फ्रान्स जित निकाल्ने योजनामा हुनेछ । विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ ।

तर, जर्मनीविरुद्ध उसैको मैदानमा जित निकाल्न फ्रान्सलाई सहज भने हुने छैन । जर्मनी पनि फ्रान्सलाई हराएर सानदार सुरुवात गर्न चाहन्छ ।

फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुबै टोलीले २ः२ खेल जितेको छ । दुई खेल भने बराबरीमा सकिएको छ ।