गण्डक ब्यारेजमा पानीको सतह बढेपछि ५६ वटै ढोका खोलियो

नवलपरासीका २० गाउँ उच्च जोखिममा रहेकोले सर्तक रहन आग्रह

  • Published Date : 2021-06-16
  • nepaltale.com

रुपन्देही। पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि गण्डक ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाका अनुसार पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको हो ।

ब्यारेज अत्यन्तै जीर्ण भएका कारण ४ लाख क्युसेक पानी कटेपछि उच्च जोखिम मानिने उनले बताए । पानीको सतह अझै बढे बि ग्याब बाँध फुट्न सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको उनले बताएका छन् ।



पश्चिम नवलपरासीका २० गाउँमा पानीको सतह बढेपछि अहिले बस्तीनै जोखिममा परेको छ । स्थानीयहरूलाई गण्डक ब्यारेज र अन्य खोलाहरूका कारण डुबान हुन थालेपछि उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

जोखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।