उपत्यकामा असार ७ पछि बैंकहरु पूर्णरुपमा सञ्चालनमा आउने, २ बजेसम्म मात्र खुल्ला हुने

  • प्रकाशित मिति : २०७८ असार ३, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा असार ७ पछि बैंकहरु पूर्णरुपमा सञ्चालनमा आउने भएका छन्।

निषेधाज्ञा खुकुलो हुँदै गएकाले बैंक पूर्णरुपमा चलाउन बैंकरबीच सहमति भएको हो। बैंकर्स संघमा बिहीबार भएको कार्यसमितिको बैठकमा सबै कारोबार खुला गर्ने सहमति बनेको हो।



अहिले निषेधाज्ञा कारण शाखाहरु पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ। बैंकको शाखा पनि २ बजेसम्म मात्र खुलिरहेको छ।