पाँचथरमा लडेर दुई जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ असार ५, शनिबार
  • nepaltale.com

फिदिम। पाँचथरकाे छुट्टै छुट्टै दुई स्थानमा लडेर दुई जनाको मृत्यु भएको छ । फिदिम नगरपालीका ३ का ३९ बर्षीय जयकुमार राई र फिदिम–१४ की ५१ बर्षीया जमैती राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जय कुमारको फिदिम–३ स्थित फुर्सेडाँडाको भिरबाट लडेर मृत्यु भएको हो । माइत हिडेकी फिदिम १४ खेतघारी बस्ने जमैतीको कुलोमा लडेर मृत्यु भएको हो ।