उपत्यकामा नीजि सवारी साधन चलाउन दिने तयारी

  • प्रकाशित मिति : २०७८ असार ६, आईतवार
  • nepaltale.com

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय लगाएको निषेधाज्ञा भोलि अर्थात असार ७ गते सकिँदै छ।

अब थपिने निषेधाज्ञा झन् खुकुलो बनाउने तयारी गरिएको छ। उपत्यकाका ३ वटै जिल्लाका सिडिओहरु अब के-के खुला गर्न दिने भन्नेबारे छलफलमा जुटेका छन्।

आज साँझ ५ बजे बस्ने सिडिओको बैठकले यसबारे निर्णय गर्ने छ। अधिकारीहरुका अनुसार उपत्यकामा अब नीजि सवारी साधनलाई चलाउन दिनेबारे छलफल भएको छ। तर, जोर-विजोर गर्ने वा कसरी खुलाउने भन्नेबारे कुनै निर्णय भइसकेको छैन।

यस्तै, खाद्यान्न पसलहरु पनि दिउसोसम्म खोल्न दिनेबारे छलफल भएको छ। अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिने तयारी छ।