काठमाडौं। काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आज साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।
निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।