ज्वाला संग्रौलासहित तीनजना प्रहरी हिरासतमा

  • प्रकाशित मिति : २०७८ असार ६, आईतवार
  • nepaltale.com

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई नियन्त्रणमा लिएको छ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन्।

उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ।