सन्तोषी सुब्बाको हत्या आरोपमा बौद्धबाट एक पक्राउ

  • Published Date : २०७८ असार १०, बिहीबार
  • nepaltale.com

काठमाडौं। सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाकाअनुसार बौद्धबाट एक जनालाई पक्राउ गरिएको हाे ।



महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पक्राउ परेका युवकलाई आजै सार्वजनिक गरिनेछ । सुब्बाको शव दक्षिणकाली मन्दिर परिसरमा स्थानीयले मंगलबार देखेपछि इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए ।