यातायात व्यवस्था विभागले ल्यायो लाइसेन्सको नयाँ पाठ्यक्रम,हेर्नुहोस् यस्तो छ नयाँ पाठ्यक्रम

  • Published Date : २०७८ असार १०, बिहीबार
  • nepaltale.com

काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिइने लिखित परीक्षाको नयाँ पाठ्यक्रम यातायात व्यवस्था विभागले सार्वजनिक गरेको छ ।

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ( वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप/डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो । यो कार्यविधि निर्देशिका २०७८ जेष्ठ १ गतेदेखि लागूमा आएको छ ।



कोभिड-१९का कारण सरकारले जारी गरेको निषेधाको कारण हाल लाइसेन्स परीक्षा स्थगित छ । लाइसेन्स परीक्षा पुनः सञ्चालनमा आएसँगै नयाँ पाठ्यक्रमका आधारमा लाइसेन्स परीक्षा लिइनेछ ।

उक्त निर्देीशकाको दफा ५(२) बमोजिम वर्ग ‘क’/‘ट’ (ए/के) र वर्ग ‘ख’ (बी) को लागि लिइने लिखित परीक्षा प्रयोजनका लागि तयार गरिएको ५००/५०० वटा प्रश्नहरुको २ वटा प्रस्न संग्रह विभागले असार ९ गते आफ्नो वेवसाइटमा प्रकाशित गरेको छ ।

अगामी दिनमा वर्ग ‘क’/‘ट’ (ए/के) र वर्ग ‘ख’(बी) का लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न संग्रहबाट तोकिए बमोजिमका सबै विषय क्षेत्रबाट तोकिए बमोजिमको संख्यामा प्रश्नहरु रहने गरी प्रत्येक प्रश्नको ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरु चयन गरी प्रश्नपत्र तयार गर्नुपर्नेछ ।

उल्लेखित प्रश्न पत्रमा संग्राहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ नयाँ प्रविधिका आधारमा प्रश्नहरुलाई वार्षिकरुपमा अध्यावधिक गरिँदै जाने विभागले जानकारी दिएको छ । प्रश्नपत्र संग्रहको सार्वजनिक प्रकाशनले परीक्षार्थीलाई लिखित परीक्षाको तयारी गर्न सहज हुने विश्वास विभागले लिएको छ ।