काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि लम्ब्याउने तयारी गरेको छ।
पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि असार १४ गते राति १२ बजेसम्म जारी रहने छ।
पछिल्लो समय थपिएको निषेधाज्ञामा नीजि सवारीसाधनलाई जोर बिजोर प्रणालीमा चलाउन अनुमति दिइएको छ भने पसलहरु बार अनुसार खुलेका छन्।
यस्तै सरकारले असार १७ गतेबाट आन्तरिक हवाई उडान पनि खुल्ने बताएको छ।
तर, सार्वजनिक यातायात कहिले खुल्ने भन्नेबारे कुनै टुंगो छैन। व्यवसायीहरुले मारमा परेको गुनासो गरिरहेका छन्।
कोरोना संक्रमणदर नघटेको र निषेधाज्ञा खोल्दा स्थिती भयावह हुने भएकाले करिब दुई महिनाअघिदेखिको निषेधाज्ञालाई अझै हप्ता/दश दिनका लागि थपिने प्रशासनले जनाएको छ ।