आन्तरिक वायुसेवा कम्पनीले नियमित उडानका लागि गर्न थाले टिकट बुकिङ

  • प्रकाशित मिति : २०७८ असार ११, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आगामी असार १७ गते बाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जानकारी गराएका छन् ।

सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो ।



कम्पनीहरुका अनुसार यात्रुले टिकट काट्न मोवाइल एप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने भएका छन् । सरकारले निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउने गरि निषेधाज्ञा खुकुलो बनाएको छ ।

यससगै वायुसेवा कम्पनीलाई उडान सुचारु गर्न समेत बाटो खुलेको हो । यति एयरलाइन्सका अनुसार कम्पनीले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरि उडान थाल्ने छ ।