नायिका सन्ध्याले गरिन् इन्गेजमेन्ट- फेसबूकमा लेखिन्, हामी एक्लै हिँड्ने छैनौं

  • प्रकाशित मिति : २०७८ असार ११, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नायिका सन्ध्या केसीले आभूषण ज्योति कन्साकरसँग इन्गेजमेन्ट गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबूकमा फोटो सार्वजनिक गर्दै उनले इन्गेजमेन्ट भएको बताएकी हुन्।



उनले आफूलाई प्रेम, आदर र कहिल्यै अन्त नहुने मित्रताका लागि साथ भन्दै आभूषण ज्योति कन्साकरसँग इन्गेजमेन्ट गर्न पाउँदा खुशी भएको बताएकी छन् ।

‘आजको दिनदेखि हामी एक्लै हिंड्ने छैनौं। हाम्रो हृदय हाम्रो आश्रय हुनेछ र हाम्रो हतियार हाम्रो घर हुनेछ ।’ उनले लेखेकी छन् ।