आजको मौसम – मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षा

  • प्रकाशित मिति : २०७८ असार १२, शनिबार
  • nepaltale.com

काठमाडौं । शनिबार देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण हाल प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पुर्ण बदली रहेको छ । बाँकी प्रदेशमा भने सामान्य बदली रहेको छ। यस्तै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

महाशाखाले शनिबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरेको छ । यस्तै धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षा हुनेछ ।

यस्तै रातिपनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा पनि हुनेछ ।