असार १३ देखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने

  • प्रकाशित मिति : २०७८ असार १२, शनिबार
  • nepaltale.com

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ । शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको छ ।

सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि बिद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।

निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोही अनुसार बिद्युत आपूर्ति गरिने जनाइएको छ । यसैबीच कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म बिद्युत कटौती कम गर्ने प्रयासमा रहेको प्राधिकरणले जनाएको छ ।