थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु ,एक घाइते

  • Published Date : 2021-06-26
  • nepaltale.com

काठमाडौँ। थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा स्थायी घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्का रहेका छन् भने मोटरसाइकलमा सवार अर्का रामेछाप स्थायी घर भएका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।



शुक्रबार राति ११ः२० बजे माइतीघरबाट थापाथली जाँदै गरेको बागमती प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल र थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ ट्रक ठोक्किँदा दुर्घटना भएको महानगरीय ट्राफिक महाशाखाका डिएसपी सुनील साहले बताए ।

प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।