थप ४ कम्पनीलाई अन्तर्राष्ट्रिय उडानका लागि अनुमति

  • प्रकाशित मिति : २०७८ असार १३, आईतवार
  • nepaltale.com

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि थप ४ उडान कम्पनीलाई अनुमति दिएको छ।

पहिले ५ पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएकोमा सरकारले थप ४ वटा हवाई कम्पनीलाई अनुमति दिएको छ।

अब अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेमा नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि उडान गर्नेछन्।

त्यसैगरी आन्तरिक हवाई उडान पनि बिहीबारदेखि शुरु हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्ने हवाई निर्णय गरेको छ।