भ्वाइस अफ नेपालमा ‘पियारी’ गीत गाएर चर्चाको शिखरमा पुगेका धर्मेन्द्रको ‘नदेखिन्या घाउ’ सार्वजनिक

  • Published Date : 2021-06-28
  • nepaltale.com

काठमाडौं। भ्वाइस अफ नेपालमा ‘पियारी’ गीत गाएर चर्चाको शिखरमा पुगेका धर्मेन्द्र सुनारको पहिलो गीत सार्वजनिक भएको छ । धर्मेन्द्र भ्वाइसबाट बाहिरिएलगत्तै उनको ‘नदेखिन्या घाउ’ सार्वजनिक भएको हो ।

लेखु सहयात्रीको शब्दमा भ्वाइसका म्युजिक डाइरेक्टर समेत रहेका संङ्गीतकार करणराज कार्कीको सङ्गीतमा धर्मेन्द्र सुनार र किरण गजमेरको आवाजमा रहेको मर्मस्पर्शी गीत ‘नदेखिन्या घाउ’ पश्चिमी लोक शैलीको गीत हो ।



मौसम हिमालीले निर्देशन गरेको गीतमा देवेन्द्र बब्लु, पृथिवी खनल, सङ्गीता थापा र सौरभ तिम्सिना देख्न सकिन्छ । सङ्गीत भकारी यूटुब च्यानलमार्फत सार्वजनिक भएको गीतको सङ्गीत संयोजन, मिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका हुन् ।

भिडियोलाई पिटर गुरुङले छायांकन, विष्णुहरि तिमिल्सिनाले सम्पादन र मौसम हिमालीले निर्देशन गरेका हुन् ।