भोलिबाट उपत्यकामा के-के खुल्छन् ? (सूचनासहित)

  • Published Date : 2021-06-28
  • nepaltale.com

काठमाडौं। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने र निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको छ।

बैठकले जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन दिने र उपभोग्य सामग्री र पाठ्यपुस्तकको पुसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने दिने निर्णय गरेको छ।



बैठकको निर्णयअनुसार व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर विहान ६ देखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउन दिइने छ।

त्यस्तै लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन। सबै किसिमका पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ।

त्यस्तै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् पसल भने विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन्।

त्यस्तै इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ।

सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।