क्रोएसियालाई हराउँदै स्पेन क्वाटर फाइनलमा

  • Published Date : 2021-06-29
  • nepaltale.com

एजेन्सी। स्पेन जरी युरो कप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबार रती कोपनहेगनमा भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई ५-३ले हराउँदै स्पेन अन्तिम आठमा पुगेको हो ।

खेलको सुरुवातमा क्रोएसियाले आत्मघाती गोलबाट बनाएको सुरुवाती अग्रतालाई चिर्दै स्पेनले ५ गोल बर्साएको थियो



स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।

अन्त्यतै रोचक बन्न पुगेको खेलमा इन्जुरी समयको सुरुवातमै क्रोएसियाले पुन ३-३को बराबरी बनाएको थियो । निर्धारित समय बरोबर मै सकिए पछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा स्पेनले दुई गोल थप्दै क्रोएसियालाई हराएको थियो । अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग भिड्ने छ ।