युरोकप फुटबलमा आज अन्तिम चरणका दुई खेलहरू, को-को भिड्दै छन् ?

  • Published Date : 2021-06-29
  • nepaltale.com

एजेन्सी। युरोकप फुटबलमा आज दुई खेलहरू हुँदै छन् । मंगलबार राति हुने यी दुई खेलहरू अन्तिम १६का अन्तिम खेलहरू हुन ।

पहिलो खेल लण्डनस्थित वेम्बली स्टेडियममा राति ९:४५ बजे इंग्ल्यान्ड र जर्मनीको बिचमा हुनेछ ।



समूह चरणको सबै खेल जितेको इंग्ल्यान्ड र जर्मनी बिचको खेल निक्कै रोचक र कडा हुने निश्चित जस्तै छ ।

दोस्रो खेलमा स्कटल्याण्डको ह्याम्पडेन पार्कमा राति १२:४५ बजे स्विडेन र युक्रेनको बिचमा हुनेछ ।

स्विडेन समूह ई को बीजेताका रुपमा अन्तिम १६ मा पुगेको हो भने युक्रेनले समूह चरणमा एउटा मात्र खेल जितेको छ भने दुई खेलमा पराजित भएको थियो ।

साबिक विजेता पोर्चुगल र उप विजेता फ्रान्स बाहिरी सकेका छन् । बेल्जियमले पोर्चुगललाई रोक्यो भने जर्मनीलाई समूह चरणमा हराएको फ्रान्स स्वीजरल्यान्ड सँग पराजित भएर खेल बाट बाहिरी सकेको छ ।