काठमाडौं। लोकसेवा आयोगले गएको वर्ष लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गएको पुस १५, १६ र १७ गते लिएको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगमा रिक्त पदाधिकारी नियुक्त भएसँगै लामो समयदेखि रोकिएको परीक्षाको नतिजा पनि सार्वजनिक भएको हो ।
न्याय, कानुन, लेखा र सरकारी वकिल समूहको नतिजा सार्वजनिक गरेको आयोगले अन्तर्वार्ताका लागि आवश्यक विवरणसहित तत्काल सम्बन्धित कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।
लोकसेवा आयोगले सार्वजनिक गरेको नतिजा