कोपा अमेरिका- आज दुई खेल हुँदै, कस्ले मार्ला त बाजि ?

  • Published Date : 2021-07-02
  • nepaltale.com

काठमाडौं। कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा शुक्रवार (आज) राति पेरु र पाराग्वे खेल्दै छन् । यो खेल नेपाली समयअनुसार राति पौने ३ बजे हुनेछ ।

यस्तै दोस्रो खेलमा शनिवार (भोलि) बिहान पौने ६ बजे ब्राजिल र चिली खेल्दैछन् । यस्तै क्वाटर फाइनलको तेस्रो खेलमा आइतवार बिहान पौने ४ बजे उरुग्वे र कोलम्बिया तथा चौथो खेलमा आइतवार नै बिहान पौने ७ बजे अर्जेन्टिना र इक्वेडर खेल्ने छन् ।



समूह ‘ए’ बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली तथा समूह ‘बी’ बाट आयोजक ब्राजिलसहित, पेरु, कोलम्बिया र इक्वेडर अन्तिम आठमा पुगेका हुन् ।