स्पेन सेमिफाइनलमा !

  • Published Date : 2021-07-03
  • nepaltale.com

काठमाडौँ । स्पेन युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेन अन्तिम चारमा स्थान बनाएको हो ।

स्पेनले युरोको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्नेछ । यो दोस्रो क्वाटरफाइनल खेल आजै हुँदैछ ।