बलिउड अभिनेता आमिर खान र किरण रावबीच सम्बन्धविच्छेद

  • Published Date : 2021-07-03
  • nepaltale.com

काठमाडाैं । बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ ।

शनिबार खान र राव दुवैले एक बयान जारी गरी आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । संयुक्त बयानमा आमिर र किरणले जीवनको नयाँ अध्याय सुरुवात गर्न चाहेको बताएका छन् ।



उनीहरुबाट १० वर्ष अगाडि एक छोरा जन्मिएको थियो । छोरा आजाद खानलाई दुवैले राम्रो पालनपोषण गर्ने बताएका छन्।

५६ वर्षका आमिर र ४७ वर्षकी रावबीच सन् २००१ मा चर्चित चलचित्र ‘लगान’को सेटमा भेट भएको थियो । सन् २००५ मा उनीहरुले विवाह गरेका थिए । सन् २०११ मा उनीहरुबाट छोरा आजादको जन्म भएको थियो ।