मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

  • Published Date : 2021-07-04
  • nepaltale.com

काठमाडौँ। कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा इक्वेडोरलाई ३–० ले हराउँदै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।



अर्जेन्टिनको जितमा रोड्रिगो पौल, लाउटारो मार्टिनेज र मेस्सीले एक एक गोल गरेका थिए । फाइनल प्रवेशका लागि अर्जेन्टिनाले अब कोलम्बियासँग खेल्नेछ ।