दोहोरी च्याम्पियनका चर्चित गायक बसन्त र गायिका पवित्राको कर्णप्रिय गीत बजारमा

  • Published Date : २०७८ श्रावण २३, शनिबार
  • nepaltale.com

काठमाडौँ । दोहोरी च्याम्पियनका चर्चित गायक बसन्त विश्वकर्मा र गायिका पवित्रा मगरको नयाँ गीत ‘आमा’ बजारमा आएको छ।गायक बसन्त विश्वकर्माको आफ्नै शब्द, संगीतमा तयार भएको सुमधुर गीतमा गायक बसन्त र पवित्रा मगरको स्वर रहेको छ । उक्त गीतको म्युजिक भिडियो पनि गायक विश्वकर्मा आफैँले निर्देशन गरेका छन् ।

गीतमा “आमा छोराछोरी कोखिका घाउ भन्थियौ, साचिकै घाउनै रैछन है सधै दुखाइ रहे। आमा अब तिमीलाई दुख्ने दिन गए, यदि भगवान छन भने र तिमिले मेरो लागि गरेको प्रार्थना सुने भने तिमिलाई खुशी लिएर तिम्रो खुशी छिटै फर्किने छ।”



‘बुढेसकालमा जहाँ हेरेनी आँखै खाली भए, कोख भरेर के भो आमा काखै खाली भए, सानो हुँदा काखमै बस्ने तिमीलाई सताएर, अहिले दिने कोही नि छैन पानी तताएर’ बरिलै… ‘घर फर्किने कति छ मन, आमा मलाई निस्ठुरी नभन’ जस्ता मार्मिक शब्दहरु कोरिएका छन्।

गीतको म्युजिक भिडियोमा रश्मी भट्ट, बसन्त विश्वकर्मा, माया सुनार, समुन्द्र पौडेल, रितु तामाङ, दीप शागर, प्रदीप रोक्का, नरेश चैसिर, माधव रावत लगायतको अभिनय रहेको छ। उक्त गीत बसन्त विश्वकर्मा युट्युब च्यानलबाट शुक्रबार सार्बजनिक गरिएको हो।

लामो समयदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा व्यवसायीक रुपमा लागेका विश्वकर्मा र पवित्रा मगर पछिल्लो समय पहिलो दोहोरी च्याम्पियनमा भाग लिइरहेका छन्। च्याम्पियनको टप-१२ मा रहेका बसन्तले सोखी शृखलामा अतिथि कलाकार अञ्जली अधिकारी र जर्जहरुलाई बरबर आँशु खस्नेगरी दोहोरी गायपछि उनको सर्वत्र चर्चा र प्रशंसा भएको थियो ।