साफ च्याम्पियनसिपकाे टुंगाे साेमबार लाग्ने, नेपाल र माल्दिभ्स मुख्य दावेदार

  • प्रकाशित मिति : २०७८ श्रावण २३, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। दक्षिण एशियाली फुटबल महासंघले गर्ने फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप कहाँ हुने भन्ने टुंगो सोमबार हुने भएको छ । साफले सोमबार आसन्न प्रतियोगिताको छिनोफानो गर्ने भएको छ ।

बंगलादेशमा हुने भनिएको प्रतियोगिता कोभिड र प्रायोजकको कमिका कारण गर्न नसक्ने भनिसकेको छ । यस्तैमा यो प्रतियोगिता गर्नका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव गरेका छन ।



साफको आयोजनाका लागि नेपाल सरकारले एन्फालाई ५ करोड रुपैयाँ दिने सहमति जनाइसकेको छ । त्यसकालागि प्रक्रिया पनि अगाडी बढाइसकेको छ । साफ आयोजनाका लागि करिव सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

साफले यसका लागि १० लाख डलर आवश्यक पर्ने बताएपनि एन्फाले सात करोड रुपैयाँ भएको खण्डमा सफल रुपमा गर्ने बताएको छ । जसका लागि आर्थिक रुपमा एन्फा सबल पक्षमा बसेको छ ।

साफको आयोजनाका लागि नेपाल सरकारले एन्फालाई ५ करोड रुपैयाँ दिने सहमति जनाइसकेको छ । त्यसकालागि प्रक्रिया पनि अगाडी बढाइसकेको छ । साफ आयोजनाका लागि करिव सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

साफ नेपालमा भएको खण्डमा एन्फाले साफलाई एक लाख अमेरिकी डलर रोल्टि तिर्नुपर्नेछ । यसका साथै उसले हरेक टिमलाई तयारी खर्चबाफत २५ हजार डलर दिनुपर्नेछ । यस्तै पुरस्कार राशीमा पनि ७५ हजार डलर खर्च गर्नुपर्ने छ भने अफिसियलको भत्ता लगायतका लागि करिव ६० हजार डलर खर्च गर्नुपर्ने हुनसक्छ ।

एन्फाले साफको आयोजनाका लागि आफुहरु तयार रहेको भनेर पत्राचार पनि गरिसकेको छ । प्रतियोगिताको एकिन मिती सार्वजनिक नभएपनि अक्टोबर महिनामा हुने पक्का छ । यो पटकको साफमा पाँच देशको सहभागिता हुनेछ । जसमा सिंगल राउण्डरोविनमा खेलाइनेछ ।

साफका लागि नेपाली फुटबल टिमले तयारी सुरु गरिसकेको छ । त्यो भन्दा अगाडी नेपालले भारतसँग सेप्टेम्बर दुई र ५ मा दुई मैत्रीपुर्ण खेल खेल्नेछ ।