क्यानले ७७ नम्बर जर्सी भविष्यमा नेपाली क्रिकेटरलाई प्रयोग गर्न नदिने

  • प्रकाशित मिति : २०७८ श्रावण २४, आईतवार
  • nepaltale.com

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले ७७ नम्बर जर्सी स्थगित गर्ने भएको छ ।

नेपाली क्रिकेट टिमका सफल कप्तान तथा क्रिकेटर पारस खड्काले यो जर्सी नम्बर प्रयोग गर्दै आएका थिए ।

पारसले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए ।

उनको सम्मानमा क्यानले ७७ नम्बर जर्सी भविष्यमा नेपाली क्रिकेटरलाई प्रयोग गर्न नदिने निर्णय गरेको हो ।