नेपाललाई अमेरिकाबाट चुनौतीपूर्ण २३१ रनको लक्ष्य, मोनाक पटेलको शतकीय पारि

  • Published Date : २०७८ भाद्र २८, सोमबार
  • nepaltale.com

काठमाडौं। मोनाक पटेलले शतकीय पारी खेलेपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाललाई ​अमेरिकाद्वारा चुनौतीपूर्ण २३१ रनको लक्ष्य दिएको छ।

ओमानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन जोडेको हो।



अमेरिकी विकेटकिपर पटेलले ११४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गर्दै १०० रन जोडे।

त्यसबाहेक अमेरिकाका ओपनर स्टिभन टेलले १४ रन जोडे। उनले १७ बलको सामना गर्दै १ चौका प्रहार गरे। अर्का ओपनर सुशान्त मोदानीले २८ बलमा १ चौका मद्दतमा १६ रन जोडे। त्यसबाहेक अमेरिकाका नोसथुस केन्जिंगे र सन्जय कृष्णमुर्तिले समान १३-१३ रन जोडेका थिए।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा २ ओभर मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए। सुशन भारीले पनि १० ओभमा ३१ रन दिएर २ तथा विक्रम सोबले समेत २ विकेट लिए। यस्तै कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए।