ईपिएलको उपाधि चितवनले जित्यो

  • प्रकाशित मिति : २०७८ आश्विन २३, शनिबार
  • nepaltale.com

काठमाडौं । चितवन टाइगर्स एभरेष्ट प्रमियर लिग (इपीएल)को उपाधि जित्न सफल भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा उसले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

चितवनको जितमा लागि भीम सार्कीले अर्धशतकीय पारि खेले । तर उनी जितको लागि २ रन आवश्यक रहेका बेला आउट भएका थिए । ६३ रन बनाएका सार्कीले ४५ बल फेस गर्दा २ छक्का र ७ चौका प्रहार गर्न सफल भए । त्यस्तै दिलिप नाथ १७ बलमा १८ रन बनाएर आउट भए । उनले चितवनलालइ ४–७४ को अवस्थामा पुर्याए

त्यसपछिका खेलाडि राजेश पुलामीले १४ रन बनाएर पभेलियन फर्किएका थिए । अन्तिममा सोमपाल कामी ४ तथा सिकुगी प्रसन्न १ रनमा नट आउट रहे । पोखराका लागि किशोर महतोले ४ विकेट लिँदा नन्दन यादवले २ विकेट लिएका थिए ।

यसअघि पोखराले जितका लागि चितवनलाई ११२ रनको लक्ष्य दिएको थियो । पोखराले १७।५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्रै बनाउन सफल भएको थियो ।

जितसँगै चितवनले नगद रु ५० लाख पाएको छ । हार बेहोरेको पोखाराले नगद रु १५ लाख पाएको आयोजकले जनाएको छ ।