महानायक विवादपछि शोभित बस्नेतलाई लाग्यो ४४० भोल्टको झड्का, किन हलमा गएनन् दर्शक ?

  • Published Date : २०७८ आश्विन २८, बिहीबार
  • nepaltale.com

काठमाडौं । महानायक राजेश हमाल नभई भुवन केसी हुन् भन्ने निर्देशन शोभित बस्नेतलई ठूलो झड्का लागेको छ । लामो समयको अन्तरालमा हिजो एउटा नयाँ नेपाली चलचित्र हलमा रिलिज भयो । दशैंको अवसरमा रिलिज गरिएको चलचित्रले दर्शकलाई हलमा फर्काउने आशा आम चलचित्रकर्मीले राखेका थिए ।

तर पहिलो गाँसमै ढुंगा झैं भएको छ ।शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपिपल’ रिलिज भएको दोस्रो दिन सिभिल मलको क्यूएफएक्समा पुग्दा हलभित्र हेर्दा विरक्तलाग्दो दृष्य देखियो । सिंगै हलभित्र जम्माजम्मी ६ जना दर्शक थिए । ४ जना वयस्क र २ जना बालबालिका ।



हलबाट निस्कने बेला उनीहरुसँग कुरा गर्दा कोही पनि बोल्न तयार भएनन् ।लामो समयपछि रिलिज भएको नयाँ चलचित्र, त्यो पनि मल्टिस्टारर । भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्लजस्ता लिजेन्डदेखि सलोन बस्नेत, रुबिना थापासम्मका नयाँ पुस्ताका प्रतिभाहरुले यसमा अभिनय गरेका छन् ।

दसैंको विदामा यो चलचित्रले राम्रै संख्यामा दर्शक तान्ने अपेक्षा गरिएको थियो । तर, दोस्रो दिनमै फिल्मको व्यापार द’यनीय देखिएको छ । फिल्मी भाषामा भन्दा ‘डाँडाको वरपिपल’ ले पानी पनि माग्न पाएन ।किन हलमा गएनन् त दर्शक ? यसका प्रमुख दुई कारण छन् ।