काठमाडौं। साफ च्याम्पियनसिपको फाइनलका प्लेयिङ सेट सार्वजनिक गरिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमले अहिले पौने ९ बजे भारतसँग माल्दिभ्सको राजधानी मालेमा फाइनल खेल्दै छ ।
पहिलो पटक फाइनलमा पुगेको नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छ । नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले भारतविरुद्ध खेल्ने प्लेयिङ सेट सार्वजनिक गरेका छन् ।
दुई वटा म्याचमा पहेँलो कार्ड पाएका नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने टच लाइन र ड्रेसिङ रुममा सहभागी हुन पाउने छैनन् ।
यसैगरी दोहोरो पहेँलो कार्डका कारण आजको खेलमा अञ्जन विष्ट पनि छैनन् । बंगलादेशविरुद्धको खेल अघि घाइते भएका पुजन उपरकोटीले कमब्याक गरेका छन् ।
नेपाली टिम यस प्रकार रहेको छ ।
किरण कुमार लिम्बु, दिनेश राजबंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, सुमन लामा र रोहित चन्द ।
