आज सार्वजनिक बिदा

  • Published Date : २०७८ कार्तिक २, मंगलवार
  • nepaltale.com

काठमाडौं। मुस्लिम समुदायलाई आज मंगलबार सार्वजनिक बिदा दिइएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।



मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदै छन्। सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।