पाँचथर बस दुर्घटना, १६ जना घाईतेलाई हेलिकप्टरबाट बिराटनगर लगियाे

  • प्रकाशित मिति : २०७८ कार्तिक ८, सोमबार
  • नेपाल टेल

पाँचथर । सिवाखाेलाबाट फिदिम आउदै गरेकाे काे १ ख ३८६५ नम्बरकाे बस सरखण्डेमा दुर्घटनामा परि घाईते भएका १६ घाइतेहरूकाे थप उपचारकाे लागि हेलिकप्टरबाट बिराटनगर लगिएकाे छ । ३ जना बिरामीमका कुरुवालाइ समेत विराटनगर लगीएकाे छ ।

धरान लैजाने तयारी भएपनि राती भएकाले विराटनगर एयरपाेर्ट लगिएकाे हाे ।



दुर्घटना परेका मध्ये ४ जनाकाे मृत्यु भएकाे छ । गम्भिर घाईते भएका १६ जना घाईतेहरू नेपाली धरानबाट आएकाे सेनाकाे एआई १७ नामक हेलिकप्टर बाट बिराटनगर लगिएकाे हाे ।

यस अघि गम्भिर घाईते मध्ये १२ जनाकाे एम्बुलेन्सबाट सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएकाे छ ।