कोहलीले छाडे भारतीय टेष्ट टिमको कप्तानी

  • Published Date : २०७८ माघ १, शनिबार
  • nepaltale.com

काठमाडौं। क्रिकेटर विराट कोहलीले भारतीय टेष्ट टिमको कप्तानी छाडेका छन् । लगातार ७ वर्ष टेष्टमा भारतीय क्रिकेटको कप्तानी गरेका विराटले दक्षिण अफ्रिकासंगको टेष्ट सिरिज हारेको भोलिपल्ट कप्तानी छाडेका हुन् ।

उनले शनिबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै आफ्नो लागि टेष्ट कप्तानबाट हट्ने यही बेला उपयुक्त रहेको उल्लेख गरेका छन् । ‘हरेक कुरा कुनै न कुनै चरणमा रोकिनु पर्छ र मेरो लागि भारतको टेस्ट कप्तानको रूपमा रोकिने बेला अहिले हो’ उनले भनेका छन् ।



विराटले यसअघि नै टी-२० टिमको कप्तानी छाडिसकेका छन् भने बीसीसीआईले उनलाई एकदिवसीयको कप्तानबाट समेत हटाइसकेको छ । कोहली सन् २०१४ मा महेन्द्र सिंह धोनीको स्थानमा टेष्ट टिमको कप्तान बनेका थिए ।

हेर्नुहोस् विराटको विज्ञप्ति