एमसीसी ‘पास’ गर्न प्रधानमन्त्री देउवाले गरे आन्तरिक छलफल

  • प्रकाशित मिति : २०७८ माघ २०, बिहीबार
  • नेपाल टेल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पासका लागि आन्तरिक छलफल गरेका छन् ।

विहीबार अपरान्ह प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र काँग्रेस संसदीय दलकी सचेक पुष्पा भुसाललाई बालुवाटार बोलाएका थिए । देउवाले स्थानीय निर्वाचन र एमसीसीबारे बिफ्रिङ लिएका थिए ।



छलफलमा सहभागी भुसालले भनिन्, ‘२६ गते हाउस चलाउनका लागि कसरी जाने भन्ने कुराहरु भयो । सबै पार्टीसँग छलफल र संवाद गर्ने कुरा पनि भएको छ ।’

अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गराउने देउवाको तयारी छ । त्यसका लागि संसदभित्र र बाहिर माहोल बनाउन उनले मन्त्रीहरु खाण, कार्की, बडू र सचेतक भुसाललाई निर्देशन दिएका छन् ।