नेपाल र भारतबीच बैंक खातामार्फत सिधै रकम पठाउन र प्राप्त गर्न सकिने क्रस-बोर्डर डिजिटल भुक्तानी सेवा सुरु भएको छ।
भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. सुब्रमन्यम जयशंकरले संयुक्त रूपमा यस्तो सेवाको शुरूवात गरेका छन्।
भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेन्स र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्सको प्रणालीबीचको अन्तरआबद्धता मार्फत दुवै मुलुकबीच पैसा पठाउन सकिने भएको हो।
हालका लागि यो सुविधा नेपालमा कार्यरत वा अस्थायी रूपमा बसोबास गरिरहेका भारतीय नागरिकले प्रयोग गर्न सक्नेछन्। नेपालबाट प्रतिपटक १५ हजार भारतीय रुपैयाँसम्म तथा प्रतिमहिना २ लाख भारतीय रुपैयाँसम्म भारत पठाउन सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, भारतमा रहेका नेपाली वा त्यहाँका बासिन्दाले प्रतिपटक २ लाख भारतीय रुपैयाँसम्म नेपाल पठाउन सक्नेछन्। बैंक खाताबाट बैंक खातामै रकम स्थानान्तरण हुने यो सेवा प्रारम्भिक चरणमा नेपालका केही बैंकमार्फत उपलब्ध गराइएको छ।
यसअघि भारतीय पर्यटकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था लागू भइसकेको थियो भने नेपालीहरूले पनि भारतमा क्यूआर भुक्तानी सुविधा प्रयोग गरिरहेका छन्।