भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसूची सार्वजनिक, के होला एमसीसी ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन ११, बुधबार
  • नेपाल टेल

काठमाडौं। संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।



८ फागुनमा एमसीसी सदनमा टेबल भएको थियो । अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएका थिए । भोलिको बैकममा पनि अर्थमन्त्रीले नै पेस गर्ने कार्यसूची बनाइएको छ ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विहीबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुनेछ ।