दुर्गेश थापा भन्छन्ः गल्ती गर्ने पलले आरोप चाहीँ हामीमाथि, उसैलाई कारवाही हुनुपर्छ

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • नेपाल टेल

काठमाडौं। नेपालका चर्चित अभिनेता तथा मोडल पल शाहले आफूलाई फसाउनको लागि दुर्गेश थापा लगायत अन्यले गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेको आरोप लगाएका छन्।

बिहीबार बिहानै सामाजिक संजाल फेसबुकमा पलले अडियोहरु पनि सार्वजनिक गरेका छन् जहाँ दुर्गेस पलविरुद्ध षड्यन्त्र रच्दै गरेको सुन्न सकिन्छ।



यतिबेला दुर्गेशविरुद्ध मानिसहरु खनिएका बेला दुर्गेशले पनि मुख खोलेका छन्।

गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिग समिक्षालाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन्।

थापाले भने, ‘गल्ती पलले गरेका हुन्, दोष चाहिँ हामीमाथि आयो। कारवाही पललाई हुनुपर्छ।

उनी थप्छन्,‘एकजना नाबालिग ऊबाट पीडित भएकी छन्। ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका मात्र गरेका हौं। ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ।’

पलमाथि हिजो यौन शोषण गरेको जाहेरी परेपछि पलले आफूविरुद्ध षड्यन्त्र भएको बताइरहेका छन्। पलले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईं त्यसमा संलग्न भएको बताएका छन्।