लन्डन। बेलायतले रुसका बैंकहरु र अर्बपतिमाथि प्रतिबन्ध लगाएपछि रुसले प्रतिक्रिया स्वरुप बेलायती ध्वजाबाहक ब्रिट्रिस एअरवेजमाथि प्रतिबन्ध लगाएको छ।
अब बेलायतीको उक्त विमान रुसको आकाशमा उड्न पाउने छैनन्। यसैबीच बेलायतले युक्रेनी सेनाको जवाफी कारवाहीमा ४५० रुसी सेनाको ज्यान गएको दाबी गरेको छ।
च्यानल स्काई न्युजका अनुसार बेलायती रक्षामन्त्री बेन वालेसले युक्रेनी सेनाको कारवाहीमा सो संख्यामा रुसी सेनाको ज्यान गएको बताएका हुन्।
रुसले बिहीबारदेखि युक्रेनमा आक्रमण थालेको हो।
https://twitter.com/SkyNews/status/1497108499423281154?s=19