च्याम्पियन्स लिगको फाइनल रसियाबाट सारेर पेरीसमा गर्ने निर्णय

  • प्रकाशित मिति : २०७८ फाल्गुन १३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। युरोपियन फुटबल महासंघले च्याम्पियन्स लिगको फाइनल रसियाबाट सारेर पेरीसमा गर्ने निर्णय गरेको छ । यूइएफएको शुक्रबार बसेको बैठकले च्याम्पियन्स लिगको फाइनल पेरिसमा गर्ने निर्णय गरेको हो ।

पछिल्लो पटक रसियाले युक्रेनमाथि गरेको आक्रमणका कारण सुरक्षाको नजरमा युइएफएले च्याम्पियन्स लिगको फाइनल सार्ने निधो गरेको हो ।



यसअघि यो फाइनल रसियाको सेन्ट पिटर्सबर्गमा गर्ने तालिका थियो ।

रसियामा नहुने पक्का भएपछि फाइनल खेल आयोजनाका लागि टोटनहमको घरेलु मैदान र एनफिल्डपनि दावेदारका रुपमा थिए ।

तर अन्तिममा युरोपियन फुटबलले पेरिसमा गर्ने निश्चित गरेको हो । यो सिजनको च्याम्पियन्स लिगको फाइनल मे २८ मा हुनेछ ।

अब पेरिसमा सन् २००६ पछि च्याम्पियन्स लिगको फाइनल हुने भएको छ ।

यतिमात्र होइन युरोपियन फुटबलको बैठकले अर्को सुचना जारी नहुँदासम्म रुसी र युक्रेनी क्लव तथा राष्ट्रिय टिमले तथष्ट मैदानमा खेल्नुपर्ने निर्णय गरेको छ ।

रसियाले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनको घरेलु लिग कम्तिमा एक महिनाका लागि स्थगित भएको छ । पछिल्लो पटक दुई देशको राजनितिक युद्दका कारण यतिबेला युरोप मात्र नभएर पुरै विश्वको ध्यान यी दुई देशमा परेको छ । पछिल्लो तीन दिन देखि यी दुई देशको लफडा बढ्दै गएको छ ।