संसद विघटन गरेर अर्ली इलेक्सनमा जान प्रधानमन्त्री डराए : प्रचण्ड

  • प्रकाशित मिति : २०७८ फाल्गुन २३, सोमबार
  • नेपाल टेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा डराएको आरोप लगाएका छन् ।
अध्यक्ष प्रचण्डले संसद विघटन गरेर अर्ली इलेक्सन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार नभएको बताएका हुन् ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पार्टीको जारी केन्द्रीय समिति बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद विघटन गरी अर्ली इलेक्सनमा जान आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको तर नमानेका बताए ।
एमालेले संसद चल्न नदिएको कारण विघटन गरेर अर्ली इलेक्सनमा जान आफ्नो प्रस्ताव रहेको उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बताए ।
‘वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय निर्वाचन सर्ने सम्भावना छैन,’ प्रचण्डले भने, ‘चल्न त प्रतिनिधिसभा विघटनको चर्चा चलेको छ तर, परिस्थिति त्यता गइसकेको छैन ।’
स्थानीय निर्वाचन नसर्ने भएकोले अब व्यापक तयारी गरेर जान अध्यक्ष दाहाले नेताहरुलाई निर्देशन दिए ।