इसेवा मनी ट्रान्सफरबाटविना शुल्क देशैभर रेमिट्यान्स पठाउन सकिने

  • प्रकाशित मिति : २०७८ फाल्गुन २४, मंगलवार
  • nepaltale.com

काठमाडौं । रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरी अब शून्य शुल्कमा नेपालभर आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएको छ । यो सुविधा १ मार्च २०२२ देखि सुरु भएर ३१ मे २०२२ सम्म लागू हुनेछ ।

इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफर मार्फत पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभर रहेका १० हजार बढी भुक्तानी केन्द्र तथा ५ हजार बढी इसेवाका एजेन्ट मार्फत प्राप्त गर्न सकिने छ ।

हालसालै नपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन रु. २५ हजारसम्मको मात्र कारोबार गर्न मिल्ने व्यवस्था गरे सँगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोवारलाई प्रोत्साहन गर्न यस “शून्य शुल्कमा रेमिट्यान्स“ सेवाले निकै ठूलो टेवा पुर्‍याउने अपेक्षा कम्पनीले गरेको छ ।

यस तीन महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिमा इसेवाले हरेक महिना १ जना विजेतालाई एउटा स्मार्ट फोन दिने योजना समेत ल्याएको छ । त्यसका लागि इसेवा वालेट प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकनमा क्लिक गरी इसेवा मनी ट्रान्सफरमा गई तोकिएको विवरण पूरा गरी रेमिट्यान्स पठाउनु पर्ने कम्पनीको भनाइ छ ।