निर्वाचन आयोगले बोलायो ७ दललाई, यस्तो छ छलफलको एजेण्डा

  • प्रकाशित मिति : २०७८ फाल्गुन २७, शुक्रबार
  • नेपाल टेल

काठमाडौं । स्थानीय तह निर्वाचन तयारीबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आयोगमा बोलाएको छ।

आज बिहान साढे ११ बजे आयोगमा निर्वाचनका सन्दर्भमा राजनीतिक दलका प्रतिनिधिलाई हालसम्म भएका प्रगतिबारे जानकारी गराउन छलफल हुने भएको हो ।



मतपत्रलगायत विभिन्न विषयमा आयोगले रायसुझाव लिने तयारीसमेत गरेको छ। आयोगले मतपत्र र चिन्ह हरियो तथा स्वस्तिक छापको रङ निलो राख्ने निर्णय गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको थियो।

तर आयोगले मतपत्रको डिजाइन र रङ राख्ने क्षेत्राधिकार आयोगमा रहेको प्रष्ट पारिसकेको छ। १७ राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगसँग दलका अपेक्षालगायत विषयमा पनि आज छलफल हुनेछ। आयोगले प्रत्येक राजनीतिक दलबाट दुई जनाका दरले प्रतिनिधि पठाउन भनेको छ।