प्रभासको ‘राधे श्याम’ रिलिज, यस्ता छन् दर्शकका प्रतिक्रिया

  • प्रकाशित मिति : २०७८ फाल्गुन २७, शुक्रबार
  • नेपाल टेल

एजेन्सी। साउथ फिल्म इन्डष्ट्रिका सुपर स्टार प्रभासको बहु अपेक्षित फिल्म राधे श्याम आजबाट रिलिज भएको छ । बहु अपेक्षित सो फिल्मको अग्रिम बुकिङ पनि ठूलै मात्रामा भएको थियो । फिल्म रिलिज हुनु पहिले फिल्म हिट हुने बताइँदै आएको थियो । तर फिल्म हेरिसकेपछि दर्शकहरुले मिश्रित प्रतिक्रिया दिन थालेका छन् । दर्शकहरुले सामाजिक सञ्जालबाट आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

प्रभास र पूजा हेगडेको उक्त फिल्मका विषयमा दर्शकका तर्फबाट कयौ मिल्दाजुल्दा प्रतिक्रिया आएका छन् । थुप्रैले फिल्मलाई खराब भएको प्रतिक्रिया पनि दिएका छन् । एक ट्वीटर यूजरले लेखेका छन्, ‘राधे श्याम मध्यान्तर अगाडि राम्रो लाग्छ र मध्यान्तर पछाडि निराश बनाउँछ । यो ठूलो बजेटको झलक स्क्रिनमा भव्य लाग्छ ।’



अर्का दर्शक लेख्छन्, ‘राधे श्याम सुस्त कथन, दमदार ड्रामाको कमी र छिटो छिटो क्लाइमेक्सले मुडलाई थोरै खराब गरिदिन्छ । यदि तपाई कम अपेक्षाका साथ जानुहुन्छ भने तपाई यसको लभ स्टोरी र यसको भव्यतासँग जोडिनुहुन्छ ।’

यसका अतिरिक्त एक यूजरले लेखेका छन् कि राधे श्याम एक फ्लप फिल्म हो र प्रभासको हिन्दी डबिङ सबैभन्दा खराब छ । उनले साउथको फिल्ममा हिन्दी डब नगर्न भनेका छन् । यसका अतिरिक्त अर्का एक दर्शकले फिल्मलाई डिजास्टर भएको प्रतिक्रिया दिएका छन् । कयौ फ्यानहरूले फिल्मको प्रशंसा समेत गरेका छन् । एक फ्यानले राधे श्यामलाई बेस्ट क्लासिक फिल्म भएको बताएका छन् । फिल्म राधे श्याममा प्रभासका साथ पूजा हेगडे पनि देखिएका छन् । यो भारतीय सिनेमा जगतमा सबैभन्दा महंगो फिल्म मध्येको एक हो । प्रभासको यो फिल्मको बजेट ३ अर्ब ५० करोड भारतीय रुपैयाँ छ ।