कक्षा ११ र १२ को रजिष्ट्रेसन फाराम बुझाउने म्याद पुनः थपियो

  • प्रकाशित मिति : २०७८ चैत्र १०, बिहीबार
  • nepaltale.com

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का विद्यार्थीको रजिष्ट्रेसन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनः थप गरेको छ।

बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर दस्तुर तिरी रजिष्ट्रेसन तथा परीक्षा आवेदन फाराम बुझाउन छुट भएका विद्यार्थीलाई आवेदन दिन सक्ने बनाएको हो।

बोर्डले पहिलो पटक सूचना प्रकाशित गरी गत माघ ७ गतेसम्म आवेदन दिनु पर्ने जनाएको थियो। उक्त समयमा फारम भर्न छुट भएकालाई माघ मसान्तसम्म म्याद थप गरेको थियो।

बोर्डले आज प्रकाशित गरेको सूचना अनुसार २०७८ सालमा कक्षा ११ मा भर्ना भइ अध्ययनरत विद्यार्थीको रजिष्ट्रेसन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने कक्षा १२ (नियमित तथा आंशिक–ग्रेडवृद्धि) कक्षा ११ को (आंशिक–ग्रेडवृद्धि मात्र) को वार्षिक परीक्षाको आवेदन फाराम वापत प्रति विद्यार्थी १ हजार दुई सय र रजिष्ट्रेसन आवेदन फाराम वापत प्रति विद्यार्थी ८ सय बुझाई सम्बन्धित विद्यालय मार्फत बोर्डका कार्यलयमा फाराम बुझाउन सक्ने जानकारी दिएको छ।