काठमाडौँ। स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको मेयरमा लड्न तयार रहेकी सुनिता डंगोललाई एमालेले उपमेयरको टिकट दिएको छ।
मेयरको टिकट भने पूर्व मेयर केशव स्थापितले पाएका छन्। प्रदेश सांसद रहेका स्थापित यसअघि वि.सं २०५४ मा काठमाडौंका मेयरमा निर्वाचित भएका थिए।
डंगोल भने सन् २०११ मा मिस नेवा बनेकी थिइन् ।